२ मंसिर २०८१, आइतबार 1731868402
Banner

रुपन्देही क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज

काठमाडौं– रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो,’ आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

सर्वोच्चको आदेशपछि रूपन्देही २ मा सत्ता गठबन्धन उमेदवारविहीन बनेको छ भने एमालेका उमेदवार विष्णु पौडेललाई सहज बनेको छ । लगातार जित्दै आएको पौडेलको जित करिब निश्चितजस्तै बनेको छ ।