२७ भदौ २०८३, शनिबार 1789259473
Banner

किसानलाई फुल टिप्न भ्याईनभ्याई (फोटो फिचर)

काठमाडौं । हिजोदेखि तिहार सुरू भएको छ। यमपञ्चकको दोस्रो दिन आज घरघरमा काग तिहार गरि मनाईएको छ ।

तिहारमा हरेक दिन विभिन्न पूजा गरिन्छ। तिहारमा हुने पूजामा फूलको विशेष प्रयोग हुन्छ। त्यसैले पनि तिहारलाई फूलै फूलको पर्व पनि भन्ने गरिन्छ।

तिहारमा फूलको खपत धेरै हुने भएपछि किसानहरूले फूलको व्यवसायिक खेती नै गर्छन्। मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भई फुलेका छन् । तिहारमा फुलको बिक्रि बढने भएकाले किसानलाई फुल टिप्न भ्याईनभ्याई छ । तस्विर रासस