३० कार्तिक २०८१, शुक्रबार 1731708391
प्रदेश

डेंगीबाट पत्रकार रानाको निधन

बुटवल-बुटवलका पत्रकार टेक मास्की रानाको उपचारका क्रममा निधन भएको छ । दुई हप्ताअघि डेंगी संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार बिहान निधन भएको हो ।

रानालाई डेंगीसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनुभयो ।

४७ वर्षीय राना रेडियो जागरणका समाचार प्रमुख, नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गर्नुभएको थियो । रानाले दुई दशक लामो पत्रकारितामा निष्कलंक र स्वच्छ छवि बनाउजु भएको थियो । रानाका दुई छोरी र एक छोरा छन् ।