काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो ।
प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए । जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।