१० मंसिर २०८१, सोमबार 1732515468
Banner

छठपर्वको अवसरमा तराईका नदी तलाउ बेहुलीझैं सिंगारिए (तस्विरहरु)

काठमाडौं । छठपर्वको महत्वपूर्ण दिन आइतबार सँझीया घाटका लागि पर्सा, बारा लगायत मध्यतराईका नदी, तलाउ, पोखरीहरु बेहुलीझैं सिंगारिएका छन् । पर्साको पनि सदरमुकाममा रहेको जिल्लाकै आकर्षणको केन्द्र विन्दु घडीअर्वा पोखरी परिसर पनि बेहुली झैं सिंगारिएको छ । यो पोखरी सिंगार्न टेन्ट पण्डाल सजावटी बत्ति र साउण्डमा लाखौ खर्च गरिएका छन् ।

वीरगन्ज महानगरको समेत मुटुमा पोखरीमा हुने छठपर्वको भव्यताका लागि साजसज्जा गरिएको छ । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।