झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ले एक्लै बहुमत ल्याउने भएपनि तालमेलमा रहेका दलहरु परिवार दल, जसपा, राप्रपा लगायतलाइ संगै लिएर सरकार संचालन गर्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले मङ्सिर ४ पछि पुन एमाले ले केन्द्र र सबै प्रदेशमा सरकार बनाउन कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो ।
ओली उमेदवार रहनुभएको झापाको निर्बाचन क्षेत्र नम्बर ५ को विभिन्न स्थानहरुमा आयोजित उम्मेदवारको मतदाता संग भेटघाट तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सत्ता गठबन्धनको निरन्तरताले मुलुकमा आर्थिक विकास र राष्ट्रियताको संरक्षण हुन नसक्ने तर्क गर्दै जनताको सर्बाधिक लोकप्रिय, भरोसायोग्य र असिमित इच्चाशाक्तिका खानी राष्ट्रबादी नेता केपी ओलीलाई मङ्सिर ४ पछि अधिकाम्स नेपालीले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बिश्वाश ब्यक्त गर्नु भयो।
सुर्य चिन्हमा प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार रहनुभएका नेता ढकालले झापा जिल्ला निर्बाचन क्षेत्र नम्बर ५ का मतदाताको मतले निर्बाचित हुनुहुने सांसद केपी ओली भाबी प्रधानमन्त्री भएकोले यस क्षेत्रका मतदाताहरुलाई भाग्यमानीको संज्ञा दिनुभयो ।
नेता ढकालले परिवार दलले ४०१ सदस्यीय निर्बाचन परिचालन समिति गठन गरेर देशको सबै प्रदेश र जिल्लामा सुर्य चिन्हमा मत माग्ने अभियान तिब्र बनाएको बताउदै एमाले संगको तालमेलमा रहेका अन्य दलका उम्मेदवारलाई पनि प्रत्यक्ष तर्फ सघाउने जानकारी दिनुभयो। नेता ढकाल दिनभरी सबै कार्यक्रममा नेकपा एमाले का अध्यक्ष केपी ओली संगै सहभागी हुनुभएको थियो ।
कार्यक्रममा एमालेका प्रदेश सभाका उम्मेदवार तथा राप्रपा का स्थानीय नेताहरु, परिवार दलकी सहमहामन्त्री मिलन कुमारी राजबंशी, झापा जिल्ला अध्यक्ष केदार ढुंगाना लगायतको उपस्थिति रहेको थियो।