१३ आश्विन २०८३, मंगलबार 11:19 am
Banner

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। ​साथै‚ दर्जनौं नेपाली चलचित्रमासमेत अभिनय गरेका छन्।