१२ कार्तिक २०८१, सोमबार 1730095916
राजनीति

प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौँमा हुने

विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ ।

मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका साथ काठमाडौँमा अधिवेशन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन ।

अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहनुभएको छ । सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिनुभयो । भट्टराईले प्रवासी नेपालीको मुद्धाप्रति नेकपा एमाले गम्भीर रहेको र आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बनेपछि मागहरु सम्बोधन गर्ने बताउनु भयो ।

बर्तमान आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे अष्ट्रेलिया), सचिवालय सदस्यहरु प्रभुराम थापा (अमेरिका) चानक पोखरेल (कतार), बिमाला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) सञ्जय थापा, सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरु बिनोद श्रेष्ठ (अष्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम (इजरायल) हुनुहुन्छ ।