२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:20 pm
Banner

एक इन्च जमिन पनि कसैलाई दिने वाला छैनौँ : अध्यक्ष ओली

सूचना प्रेस २०७९ कार्तिक १८ शुक्रबार ००:००, १४:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताउनुभएको छ । 

दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उहाँले नेपालको एक इन्च जमिन अरुलाई नछाड्ने बताउनुभयो ।

‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ’,उहाँले भन्नुभयो । 

उहाँले दार्चुलाको समस्या आफूले बुझेकोसमेत बताउनुभयो ।