२८ भदौ २०८३, आइतबार 1789344459
Banner

निर्वाचनको पर्यवेक्षणका लागि ४४ राष्ट्रिय र तीन अन्तर्राष्ट्रिय संस्थालाई अनुमति

काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए । उनले देशभर स्वयमसेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए

यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए ।