काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आज देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।
गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।