१ मंसिर २०८१, शनिबार 1731806536
Banner

समानुपातिक मतगणनामा एमाले २३ लाख नजिक, अन्य दलहरुले प्राप्त गरेको मत विवरण यस्तो छ

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २३ लाख नजिक पुगेको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २२ लाख ७३ हजार ७६५ मत प्राप्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले- २२,७३,७६५
नेपाली काँग्रेस- २१,६९,९५१
नेकपा माओवादी केन्द्र- ९,५१,०७५
राष्ट्रिय स्वतन्त्र पार्टी- ९,१५,०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी- ४,८३,५६७
जनता समाजवादी पार्टी, नेपाल- २,७३,८४५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)- २,१४,१५७
जनमत पार्टी- २,०९,३६९
नागरिक उन्मुक्ति पार्टी- १,९६,६६३
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल- १,१५,१७२
नेपाल मजदुर किसान पार्टी- ६९,७०६
हाम्रो नेपाली पार्टी- ४७,५२३
राष्ट्रिय जनमोर्चा- ४२,९५९
मंगोल नेशनल अर्गनाइजेशन- ४२,५९६
नेपाल संघीय समाजवादी पार्टी- २६,७०४
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)- २३,९५५
राष्ट्रिय जनमुक्ति पार्टी- १७,७७०
जनता प्रगतिशिल पार्टी, नेपाल- १४,८५८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च- १४,२२७
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )- १०,२४०
नेपाली काँग्रेस (बी.पी.)- ९,८६१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल- ८,९६६
बहुजन एकता पार्टी नेपाल- ८,११०
नेपाली जनता दल- ७,४२१
नेपालका लागि नेपाली पार्टी- ६,८६७
नेपाल जनता पार्टी- ६,०६०
बहुजन शक्ति पार्टी- ५,९२४
नेपाल लोकतान्त्रिक पार्टी- ५,८७४
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)- ५,८११
नेपाल कम्युनिष्ट पार्टी- ५,७२५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल- ५,४०२
मितेरी पार्टी नेपाल- ५,३००
जनजागरण पार्टी नेपाल- ४,६४८
जनसमाजवादी पार्टी, नेपाल- ४,५२८
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )- ४,४४८
विवेकशील साझा पार्टी- ३,०९६
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी- ३,०२४
एकीकृत शक्ति नेपाल- २,८५०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)- २,७३१
पिछडावर्ग निषाद दलित जनजाति पार्टी- २,७२२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल- २,६६९
मौलिक जरोकिलो पार्टी- २,६१०
तराई मधेश लोकतान्त्रिक पार्टी- २,३७०
नेपाल समावेशी पार्टी- २,०४९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन- १,५७२
राष्ट्रिय नागरिक पार्टी- १,५१८
नेश्‍नलिष्ट पिपल्स पार्टी- १,२६९