काठमाडौं- निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिएर काठमाडौं फर्के लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेताहरु बालकोट धाउन थालेका छन् । भावी सरकार गठनको विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्न काँग्रेस नेता प्रकाशमान सिंह केहीबेर अघि बालकोट पुग्नु भएको छ ।
भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेको प्रकाशमान सिंहका सहयोगी युपि लामिछानेले बताउनुभयो ।