२३ भदौ २०८३, मंगलबार 1788917803
Banner

रुसी सैनिक चढेको सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी

काठमाडौं :  युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ।

उक्त रुसले कुनै प्रतिक्रिया दिएको छैन। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल ७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ।

युक्रेनका सैन्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रुसी सैन्य विमान खसालेकोप्रति सङ्केत गर्दै सन् २०१४ मा युक्रेनी विमान खसालिएको घटनाको बदला लिइएको बताएका छन्।

शनिवार रुसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आक्रमणमा मस्कोले कुनै मानवीय क्षति नबेहोरेको दाबी गरेका थिए। एजेन्सी