१ मंसिर २०८१, शनिबार 1731821232
Banner

परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर १ बाट विजयी

उदयपुर- उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा. खड्का विजयी हुनुभएको हो ।

चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका डा. खड्काले ३१ हजार २७० मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिद्वन्द्वी एमालेका चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नु भएको छ ।

यस पटकको निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदबार प्रतिस्पर्धामा थिए ।