१४ श्रावण २०८३, बिहिबार 1785439059
Banner

बाजुरामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकियो

काठमाडौं । बाजुरामा मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका ६, धिम मतदान केन्द्रको मतगणना गर्दा मुचुल्काभन्दा बढी मत भेटिएपछि गणना रोकिएको छ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको हो। ४० मतलाई गणना नगर्ने गरी सहमतिको प्रयास भइरहेको छ।पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बद्री पाण्डे अग्र स्थानमा रहेका छन् भने एमालेका कर्णबहादुर थापा पाण्डेलाई पछ्याइरहेका छन्। बाजुरामा मतदान भएको ११ दिनपछि मतगणना सुरु गरिएको थियो।