२ मंसिर २०८१, आइतबार 1731861590
Banner

एमाले नेता गोकुल बास्कोटाको घरमा शङ्कास्पद वस्तु फेला

काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा काभ्रेबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला हो । घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित घरमा हुनुहुन्छ । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिनुभयो ।