४ भदौ २०८३, बिहिबार 1787264994
Banner

एकीकृत समाजवादी प्रवेश गरे दिपक मनाङे

काठमाडौं: मनाङ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य विजयी बनेका राजीव गुरुङ (दिपक मनांगे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ‍ प्रदेश सभा-२बाट निर्विरोध निर्वाचित भएका थिए । गुरुङले आज एक वक्तव्य जारी गर्दै आफू एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन् । 

‘राजनीति कमाउन होइन सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ,’ वक्तव्यमा उनले भनेका छन्, ‘तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा म पुगेको छु ।’