काठमाडौं । तारा एयरको एउटा कार्गो जहाज हुम्लामा चिलसँग ठोक्किएको छ ।
नेपालगञ्जबाट हुम्ला जाँदै गरेको जहाज बुधबार दिउँसो १२ बजेर ४५ मिनेटमा चिलसँग ठोक्किएको थियो । विमानस्थल पुग्नै लाग्दा ठोक्किएको तारा एयरले जनाएको छ ।
उक्त जहाजमा दुई पाइलट र एकजना एयर होस्टेस रहेको बताइएको छ । हुम्ला प्रहरीका अनुसार जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।