२८ भदौ २०८३, आइतबार 1789345482
Banner

एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अस्तिरताको संकट टार्न काङ्ग्रेस एमाले मिल्नुपर्ने बताउनुभएको छ ।

देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै पाण्डेले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताउनुभयो। सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सरकारमा सहभागी नभए पनि अस्थिरताका मुद्दामा एक हुनपर्नेमा जोड दिनुभयो।