१० मंसिर २०८१, सोमबार 1732555809
खेलकुद

नवौं स्काउट एडभेञ्चर क्याम्प

चारुमती स्काउट क्रु को आयोजनामा हु“दै आइरहेको स्काउट एडुभेञ्चर क्याम्पको नवौं संस्करण शुरु भएको छ ।

बुढानिलकण्ढस्थित बिएमसिए स्कुलको प्रा“ङगढमा उद्घाटन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नजिकको सामुदायिक बन–जंगल र खोलानालामा बिभिन्न खाले साहसिक कृयाकलापमा संलग्न गराइनेछ । ३ दिनसम्म चल्ने उक्त क्याम्पमा चौध वटा वेसमा सञ्चालित बिबिध खाले साहसिक कृयाकलाप हुनेछन् जसमध्ये ओमेगा जम्प, टायर क्रसिङ, बोटिङ, क्लाइम्बिङ, क्याम्प फायर प्रमुख हुन ।

एउटा विद्यालयबाट करिब २ सय बालबालिका उपश्थित रहेको यस क्याम्पमा नेपालभरका बिभिन्न स्थानका विद्यालयमा सञ्चालित क्रियु र ट्रुपमा आबद्ध करिब ३ हजार स्काउट्स सहभागी हुनेछन् ।
बिदा या अन्य समयमा पनि मोबाइल, ल्यापटप या कम्प्युटरमा झुण्डिने शहरिया बालबालिकाहरु यो तिन दिने क्याम्प अवधिका बन, जंगल, प्रकृति र पानीसंग साक्षातकार गर्दै जीवनोपयोगी ज्ञान र कला सिक्नुका साथै व्यवहारिक जीवनमा भइपरि आउने समस्या समाधानका उपायबारे ज्ञान हा“सिल गर्न सक्ने अनुभव बटुल्ने चारुमती स्काउट क्रुका संस्थापक दीपेश के.सी. बताउ“छन् । उनी भन्छन्–‘बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न र उनीहरुभित्र भएका आ“टलाई बाहिर निकाल्न हामी यस्ता क्याम्प आयोजना गर्दै आइरहेका छौं ।’


उद्घाटन सत्रका प्रमुख अथिति तथा नेपाल स्काउट पुर्व तदर्थ समितिका संयोजक चन्दन कौशिक भन्छन–‘शहरिया वातावरणमा हुर्किएका बच्चाहरुमा काठमाण्डौंकै छेउछाउमा रहेका खोलानालाको पानीसंग डराउने, सानो पहाडको थुम्को उक्लिन नसक्ने, अलिकति हिड्यो कि स्या“स्या“ हुने जस्ता समस्या देखन्छिन् । यसबाट टाढा राख्न र उनीहरुलाई जीवनमा आइपर्ने कठिनाइस“ग जुध्न यस्ता क्याम्पले सहयोगी भुमिका खेल्छन् । यसबाट बालबालिको मानसिक, शारिरीक र बौद्धिक विकाश मात्रै नभइ व्यवहारिक जीवनमा भइपरी आउने चौतर्फी चुनौती सामना गर्ने क्षमता बढ्छ ।’ उनले नेपाल स्काउटकोे निर्वाचन नभएको लामो अवधि भएको र आफ्नो कार्यकालमा निर्वाचन गर्न खोज्दा राज्यले नै रोकेको हुनाले तत्काल निर्वाचन गर्नुपर्ने राज्यको जिम्मेवारी भएको पनि सुझाए ।