५ भदौ २०८३, शुक्रबार 1787323966
Banner

चम्पावती जलविद्युत् आयोजनाको कार्यालयमा आगजनी

गोरखा । रागिनासटार सिँचाइ आयोजनालाई असर पर्ने गरी काम गरेको भन्दै सो क्षेत्रका किसानले चम्पावती हाइड्रोपावरको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

यसअघि गरिएको डिजाइन स्टमेट परिवर्तन गरी किसानलाई असर पुग्ने गरी काम गरेको आरोपमा उनीहरूले सो हाइड्रोको सिरानचोक गाउँपालिका–२ पाण्डेवेशीस्थित कार्यालयमा तोडफोड र सवारी साधनमा आगजनी गरेका हुन्।

सात मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन चम्पावती जलविद्युत् आयोजनाका कारण बाह्रसय हेक्टर क्षेत्रफलमा फैलिएको खेत सुख्खा हुने भन्दै किसानहरूले विगत लामो समयदेखि विवाद गरिरहेका थिए।

तर चम्पावती हाइड्रोले किसानहरूको माग बेवास्ता गरी काम गरिरहेकाले शनिबार दिउसो १ बजे आक्रमण गरेका थिए ।