१४ श्रावण २०८३, बिहिबार 1785433679
Banner

जनजातिको एक नम्बरमा रहेका अजम्बर राईलाई प्रचण्डले बनाएनन सांसद

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता अजम्बर काम्बाङ राईले आफू समानुपातिक बन्द सूचीको आदिवासी जनजाति कोटामा १ नम्बरमा रहेर पनि सांसद नबनेकोमा सामाजिक सञ्जालमा व्यंग्यात्मक र भावुक ‘स्टाटस’ पोष्ट गर्नुभएको छ ।

‘तपाईंले मलाई बधाई दिन पाउनु भएन, ठीकै छ,’ काङ्माङले माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गोर्खा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई छ ।’

भोजपुरमा संघ र प्रदेशमा गठबन्धन जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएका काङमाङ दलित पुरुषबाट रणेन्द्र बराइली समानुपातिक चयन भएपछि उहाँ सांसद हुनबाट बञ्चित हुनुभयो। चितवन निवासी भएकाले प्रचण्डले बराइलीको नाम समावेश गरेको भन्दै माओवादी वृत्तमा चर्चा छ।