१६ असार २०८३, मंगलबार 1782869820
Banner

रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ।

आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको शहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिए। सरकारसँग निरन्तर वार्तामा रहेका चौधरी, विप्लवका कार्यकर्तालगायतलाई रिहाइ गर्न सरकारले अध्यादेश ल्याएको हो ।

कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन्।