२ मंसिर २०८१, आइतबार 1731879221
Banner

निर्वाचन आयोगले आज समानुपातिक सांसदको नामावाली सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावली आज सार्वजनिक गर्ने भएको छ । दलहरुले बुझाएको समानुपातिक सांसदको नामावालीबारे छानविन गरेपछि आज अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो । प्राप्त नामावलीमा क्लष्टर नमिलेको लाई सच्याएर पुनः पेस गर्न दलहरुलाई आयोगले आग्रह गरेको थियो ।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने बताएपनि सूची सच्याएर आज सार्वजनिक गर्ने आयोगको तयारी छ ।

हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५९५ सिटमा सांसद्हरुको नामावली बुझाएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।