२ मंसिर २०८१, आइतबार 1731882574
Banner

काभ्रे बस दुर्घटना अपडेट मृतकको संख्या १८ पुग्यो

काठमाडौँ – काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा  १८ जनाको मृत्यु भएको छ । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको बताउनुभयो ।  

घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकहरुको संख्याबारे औपचारिक पुष्टि हुन भने बाँकी रहेको उहाँले बताउनु भयो । 

दुर्घटनामा घाइते भएकाहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बसमा सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म १४ जना घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।