२ मंसिर २०८१, आइतबार 1731889378
Banner

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन

काठमाडौं –

काठमाडौं –निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्नुभएको हो ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । 

शीतल निवासमा आयोजित समारोहमा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो ।