१५ श्रावण २०८३, शुक्रबार 1785479363
Banner

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


काठमाडौं । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।