२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:47 am
Banner

सरकार गठन र संसदीय दलको नेता चयनको बिषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

सूचना प्रेस २०७९ पुस ३ आइतबार ००:००, १५:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पेरिसडाँडामा सुरू भएको छ ।

बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।