३ मंसिर २०८१, सोमबार 1731911240
Banner

ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाउने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउने भएका छन्। निर्वाचित सांसदमध्ये जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको संसद सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले पठाएको २७५ सांसदहरुको विवरणमा राप्रपाका सांसद पशुपति शमशेर जबरा जेष्ठ सदस्य रहेकाले जबराले सपथ खुवाउने भएका हुन ।
जबराले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनेछन्।

निर्वाचित सांसदहरुमध्ये महिन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेर जबरा ८० बर्ष उमेर पुगेको छ । ति मध्ये जवरा १ महिनाले जेठो देखिएपछि शपथ उनैबाट हुने देखिएको हो । यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।