१७ असार २०८३, बुधबार 1782905328
Banner

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।

यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।