काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक चलिरहेको हो। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। समयसीमा सकिनै लाग्दा गठबन्धनका शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित, कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्कीको सहभागीता रहेको छ ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेतको सहभागीता रहेको छ । यसैगरी एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसालको सहभागीता रहेको बताइएको छ ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरेका छन्। दुबैजनाले प्रधानमन्त्रीमा दाबी गरेकाले गठबन्धनलाई प्रधानमन्त्री छान्न सकस परेको छ ।