३ मंसिर २०८१, सोमबार 1731925800
Banner

प्रधानमन्त्रीमा सहमति जुटाउन बसेको गठबन्धनको बैठक निष्कर्षविहिन, भोलि फेरि बस्ने

काटमाठौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा रहेको बताए । गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्छ। यसमा दुई मत नहुनुहोला। प्रधानमन्त्रीको टुंगो भोलि लाग्छ, उनले भने।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित, कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी थिए। त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल सहभागी थिए।