काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो । छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी छन् ।
सरकार गठनका लागि एमालेको ७८ सिट, माओवादीको ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट, राप्रपा १४ र जसपाको १३ सिट गरी १५७ सिटको हुन्छ । यसकारण एमालेसँग मिलेर आजै सरकारको दावी गर्ने सम्भावना पनि रहेको छ ।