३ मंसिर २०८१, सोमबार 1731952772
Banner

सरकारको भागबन्डाका विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली प्रचण्ड निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा भेटवार्ता शुरु भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली उहाँको निवास खुमलटारमा पुगेर भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी भईरहेको बताइएको छ।

आज विहान मात्र प्रधानमन्त्रीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटघाट गर्नुभएको थियो । एसलाई पनि सरकारमा सहभागी गराउने विषयमा दुवै नेता सकारात्मक छन् ।