३ मंसिर २०८१, सोमबार 1731947375
Banner

साझा रणनीति बनाउन सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं । मन्त्रालय बाँडफाड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ।

एमालेभित्र राष्ट्रपतिमा सुवास नेम्वाङसहितका नेताहरु आकांक्षी छन्। सभामुखमा छविलाल विश्वकर्मा, पृथ्वीसुब्वा गुरुङ, रघुवीर महासेठ र विद्या भट्टराई मध्येबाट एकजनालाई पठाउने एमालेको तयारी छ।

यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ। चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ। पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ।