१८ असार २०८३, बिहिबार 1782986602
Banner

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ । नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो। यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि पेशी सरेको थियो।

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थिए । नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मङ्सिर २९ गते पुनरावेदन दर्ता गराएका थिए। 

पीडित भनिएकी किशोरीको दुई वटा जन्म दर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेस गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ। 

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आदेश दिएको थियो।