कठमाडौं । सुर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको पाण्डुबजार हाईटको खानेपानी टयाकींबाट पानी झारेर यथाशिघ्र उपभोक्तालाई बितरण गर्न कार्यको शुभारम्भ भएको छ ।
सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको सक्रियतामा वागमति प्रदेश सभाका सदस्य किरण थापा, उपप्रमुख सरिता भट्टराई र वडाका अध्यक्षहरुको उपस्थितिमा उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रतिनिधिबीच वृहत छलफल गरि उक्त कार्यको शुभारम्भ गरिएको सुर्यविनायक नगरकमिटिका अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटटराईको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरि नगरपालिकाका वडामा भएको खानेपानी उपभोक्ता समितिको विवरण झिकाउने काम भएको छ ।
नगरपालिका र केयुकेयलका कन्सल्टेन्ट इन्जिनियरहरुको टिमले मेलम्ची खानेपानीको टयांकी तोकिएको वडामा निरीक्षण गरि व्यवस्थापन गर्ने तयारी भइरहेको उपमेयर भटटराईले बताउनुभयो । सुर्यविनायक नगरपालिकाको खानेपानी व्यवस्थापन कार्यदलले मेलम्चीको पानी अल्पकालिन रुपमा पुरानो साबिक ट्यांकीमा राखी यथासिघ्र उपभोक्तालाई बितरण गर्ने र दिर्घकालिन रुपमा मेलम्ची खानेपानिबाटै सबै नयाँ ब्यवस्थापन हुने गरि तयारी थालेको छ ।