काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २९ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ। पुस २९ गते बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
प्रतिनिधि सभाको पहिलो बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते १ बजेका लागि आह्वान गर्नुभएको छ। बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पुस २९ गते संसद बैठकबाट विश्वास मत लिने विषयमा छलफल भएको हो ।
प्रचण्डलाई सरकार गठनका लागि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगाएत अन्य स्वतन्त्र सांसदले समर्थन गरेका छन्।