३ मंसिर २०८१, सोमबार 1731961700
Banner

आजदेखि एनसीसी र कुमारी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौ‌ । आजदेखि एनसीसी र कुमारी बैंकको एकीकृत कारोबार सुरु भएको छ। अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ ।

गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए ।

अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यता कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बै‌कहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।

सञ्चालक समिति गठन

मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहनुभएको छ । बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहनुभएको छ ।