२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:27 am
राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

सूचना प्रेस २०७९ पुस २१ बिहिबार ००:००, १४:३३ बजे १ मिनेट पढाइ

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गर्नुभएको छ ।

बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट अतिथिका रुपमा सहभागी हुन उहाँ आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।

उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेता पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।