२३ असार २०८३, मंगलबार 1783460560
Banner

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो बिदा

गुल्मी-गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आज जहाजले परीक्षण उडान गर्ने भएको छ।

तारा एयरलाइन्सको जहाजले आइतबार परीक्षण उडान गर्न लागेको हो।

रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताउनुभएको छ ।