२० आश्विन २०८३, मंगलबार 10:33 am
Banner

भारतबाट कैलाली आइरहेको बस दुर्घटना चारजनाको मृत्यु

काठमाडौं । भारतबाट कैलाली आइरहेको बस उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

भारतीय प्रहरी (गौरीफन्टा) थानाका प्रमुख उदय भार यादवका अनुसार बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।

दुर्घटनामा परेर ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते हुने अधिकांश नेपाली छन्।

बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार थिए। घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ।