२७ भदौ २०८३, शनिबार 1789248817
Banner

निषेधको राजनीति अन्त्य हुनुपर्छ :अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएको छ । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताउनुभयो।

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उहाँको भनाइ थियो । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताउनुभयो ।