१८ असार २०८३, बिहिबार 1783022307
Banner

प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। हाम्रा एजेन्डा राखिन्छ। ती एजेन्डा पूरा नभए कुनै पनि बेला फिर्ता हुने हो।’

प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।