९ मंसिर २०८१, आइतबार 1732439224
Banner

प्रचण्ड देखेर दया लाग्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई दया लागेको बताएका छन् ।

एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले देशको नेतृत्व गर्ने, जनताको जीवनस्तर उकास्ने र समाजवादतर्फ देशलाई अघि बढाउने परिकल्पना गरेको भएपनि अहिले हालत खराब रहेको बताए ।

उनले भने,”मलाई लाग्छ उहाँको जीवनमा धेरै ठूलो तनाव होला, व्यक्तिगत रुपमा हामीलाई केही छैन नि, मान्छे त, अहिले पनि उहाँसँगको मेरो राम्रो सम्बन्ध छ । अस्ति भेट्दा पनि उहाँले अब एकता गरौं भन्नुभएको थियो । मैले अहिले एकताको सन्दर्भ नै छैन भनेको थिएँ । अहिले तीन बुँदे लागु गरेर हाम्रा साथीहरुलाई छोड्नुहोस । नेपाल सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।”