२८ भदौ २०८३, आइतबार 1789341808
Banner

सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौं – प्रतिनिधि सभाका सभामुखको चुनाव २०७९ माघ ५ गते हुने भएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले मंगलबार चुनावको मिति घोषणा गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट मंगलबार विश्वासको मत लिएका छन्। सभामुखको निर्वाचन कार्यतालिका भने माघ ३ गते प्रकाशित हुनेछ।