२७ भदौ २०८३, शनिबार 1789248914
Banner

प्राविधिक खराबीका कारण अमेरिकामा सबै आन्तरिक उडान अवरुद्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण देशभरिका सबै आन्तरिक उडानहरू कैयौँ घण्टाका लागि प्रभावित भएको बताइएको छ। त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बिबिसिले उल्लेख गरेकिो छ।

समस्याहरू समाधान हुन थाले तापनि कम्तीमा इस्टर्न टाइम अनुसार विहानको ९ बजेसम्म कुनै उडान नहुने जनाइएको छ।

नुअक र एटलान्टा विमानस्थलबाट उडान सुरु भइसकेका छन्। देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएएले देशभरी नै प्रणालीमा देखिएको समस्यापछि विमान चालकहरूलाई विमानको हवाई मार्गमा हुनसक्ने सम्भावित खतराकाबारे सावधान गराउने उक्त प्रणालीलाई सुचारु ढङ्गले सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

अमेरिकी यातायात मन्त्री पिट बुटेजेजले समस्या चाँडो र सुरक्षित ढङ्गबाट निराकरण गर्ने कोसिस भइरहेको ट्वीटमार्फत् जानकारी दिएको बिबिसिले जनाएको छ।