४ मंसिर २०८१, मंगलबार 1732010707
Banner

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीद्वारा शपथ

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाउनु भएको हो । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीसँगै आजै अन्य दुई मन्त्रीहरुले समेत शपथ लिनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिनु भएको हो ।

उहाँहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । यसअघि माओवादीबाट संसदीय दलको नेता जोखबहादुर महराले मन्त्रीको शपथ लिने भनिए पनि मन्त्रालयको भागवण्डा नमिलेपछि केसीले मात्रै शपथ लिएका हुन् ।