१ असार २०८३, सोमबार 1781539711
Banner

धनकुटाको सिंधुवा बजारमा विशाल आगलागी

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित सिंधुवा बजारमा विशाल आगलागी भएको छ ।

बजारको बीचबाट एक्कासी आगो निस्किएको आगो अहिले नियन्त्रण बाहिर रहेको स्थानीयवासिन्दाले बताएका छन् । हालसम्म चारवटा घर जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि तेह्रथुमको लालिगुरांस र धनकुटा नगरपालिकाबाट दमकल बोलाइएको छ ।